करण जोहरको फिल्ममा कार्तिक आर्यन
काठमाडौँ । बलिउडका निर्देशक करण जोहरले एकता कपुरसँग मिलेर एउटा फिल्म बनाउँदैछन् । यसमा अभिनेता कार्तिक आर्यन शीर्ष भूमिकामा रहनेछन् ।
करणले कार्तिक आर्यनलाई जन्मदिन बधाई दिँदै बुधबार एउटा पोष्टमा लेखेका थिए, ‘म चाहन्छु कि हाम्रो सहकार्य मजबूत हुँदै जाओस्, अनि हामीहरु ठूलो पर्दामा जादु छरिरहौँ ।’ यो फिल्मको निर्देशन संदीप मोदीले गर्नेछन् । फिल्म अगष्ट १५ मा सिनेमाहलमा रिलिज हुनेछ ।
कार्तिक र करणबिच झगडाको कारण के थियो ?
करण जोहरको प्रडक्शन हाउस धर्मा प्रडक्शनले कार्तिक आर्यनलाई दोस्ताना २ फिल्मबाट निकालेको थियो । यसपछि दुबैबिच कयौं वर्षसम्म कुराकानी ठप्प रह्यो । दोस्ताना २ को सुटिङ पनि सुरु भइसकेको थियो । कार्तिकले फिल्मको पहिलो शेड्युल पनि पूरा गरिसकेका थिए । यो शेड्युल करीब २० दिनको थियो । तर अचानक कार्तिकलाई फिल्मबाट निकालियो । उनीमाथि अनप्रोशनल व्यवहार देखाएको अनि गलत तरिकाले पारिश्रमीक बनाएको आरोप लगाइएको थियो ।
धर्मा प्रडक्शनसम्बद्ध सुत्रका अनुसार कार्तिकले समय पनि दिइरहेका थिएनन् र फिल्मको स्क्रिप्टमा पनि त्रुटि देखाइरहेका थिए । फिल्मको शुटिङ फेरि सुरु गर्ने कुरा गरिएको थियो । सो मामिलामा धर्मा प्रडक्शनलाई करीब २० करोड घाटा भएको बताइएको छ । प्रोफेशनल सर्कमस्टेन्सका कारण दोस्ताना २ को कास्टिङ फेरि गर्ने भन्दै धर्मा प्रडक्शनले आफ्नो इन्ष्टाग्राम एकाउन्टमा पोष्ट शेयर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण