धनकुटा घटना : पत्नी र छोराको हत्यापछि टीकारामले आत्महत्या गरेको आशंका
काठमाडौँ । धनकुटा नगरपालिका–१ स्थित निगालेमा बिहीबार एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए । निगाले घर भएका ३५ वर्षका टिकाराम गुरुङ, उनकी पत्नी ३६ वर्षीया भिमा र १० वर्षका छोरा आयुष डेरामा मृत अवस्थामा भेटिएका हुन् ।
टीकाराम झुन्डिएको अवस्थामा फेला परेका थिए । खाटमा टीकारामकी पत्नी र छोरा मृत अवस्थामा पल्टिरहेको अवस्थामा फेला परेका हुन् । घटनास्थलमा बाहिरका मानिसको उपस्थिति नदेखिएको धनकुटाका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई जानकारी दिए ।
भीमा गुरुङको मुखमा चोट देखिएको छ । आयुषको टाउको पछाडिको भागमा चोट देखिएको एसपी कोइरालाले जानकारी दिए । कोइरालाले भने–‘टिकारामले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक आकलन गरेका छौँ, पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौँ ।’
तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप अनुसन्धान गर्ने एसपी कोइरालाले बताए । टिकाराम त्यहाँ घरको रेखदेख गर्नेगरी डेरा लिएर बसेका हुन् । बिहीबार राति १ बजेतिर उनले ६ वर्षीया छोरी आशिकालाई आफू ‘बाहिर निस्कनुपर्ने भयो’ भनेर छिमेकमा डेरामा बस्नेहरूलाई जिम्मा लगाएको थाहा भएको छ । बिहान उठेर आशिका चप्पल लिन कोठामा पस्दा बुवा–आमा मृत अवस्थामा देखेपछि छिमेकीलाई खबर गरेकी थिइन् ।
टीकाराम मदिराको लतमा थिए । पत्नी भीमाले बनिबुतो गरेर परिवार पाल्ने गरेको छिमेकीहरूले प्रहरीलाई बताएका छन् । हरेक साँझ मासु र मदिरा दिनुपर्छ भन्दै टिकारामले पत्नीसँग झगडा गर्ने गरेको छिमेकीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण