कविता
म पनि हिँडे खाडी मुलुक
शनिबार, ०९ मङ्सिर २०८०, ११ : १९
सानो कुम्लोकुटुरो बोकेर
ट्याक्कटुक्क अङ्ग्रेजी घोकेर
एयरपोर्टतिर लुसुक लुसुक
साथी म पनि हिँडे खाडीमुलुक
टुङ्गो छैन कहिले आउँछु
फेरि आफ्नो गाउँमा
जाँदैछु जीवनको मूल्य
तोकिने त्यस्तो ठाउँमा
काम छैन माम छैन
गाह्रो भो परिवार पाल्न
काखकी छोरी प्यारी छोडी
आँसु पुछ्दै पर्यो विदेशिन
सम्झँदै रूँदै घर खेतबारी
मनमा दुख्छ विरह
मरुभूमिको तातोमा दिनरात
हामी भयौँ पशु सरह
बन्धक बने दिदीबहिनी
शारीरिक र मानसिक यातना
आफ्नै देशमा बस्न पाइएन
कल्ले छिन्यो हाम्रो सपना
आफ्नै देशमा कहिले पो
काम गरी खान पाइएला
सानी छोरी र प्यारीको
मायामा सँगै रमाइएला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण