कविता
म पनि हिँडे खाडी मुलुक
शनिबार, ०९ मङ्सिर २०८०, ११ : १९
सानो कुम्लोकुटुरो बोकेर
ट्याक्कटुक्क अङ्ग्रेजी घोकेर
एयरपोर्टतिर लुसुक लुसुक
साथी म पनि हिँडे खाडीमुलुक
टुङ्गो छैन कहिले आउँछु
फेरि आफ्नो गाउँमा
जाँदैछु जीवनको मूल्य
तोकिने त्यस्तो ठाउँमा
काम छैन माम छैन
गाह्रो भो परिवार पाल्न
काखकी छोरी प्यारी छोडी
आँसु पुछ्दै पर्यो विदेशिन
सम्झँदै रूँदै घर खेतबारी
मनमा दुख्छ विरह
मरुभूमिको तातोमा दिनरात
हामी भयौँ पशु सरह
बन्धक बने दिदीबहिनी
शारीरिक र मानसिक यातना
आफ्नै देशमा बस्न पाइएन
कल्ले छिन्यो हाम्रो सपना
आफ्नै देशमा कहिले पो
काम गरी खान पाइएला
सानी छोरी र प्यारीको
मायामा सँगै रमाइएला ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण