नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजनिक
आइतबार, १० मङ्सिर २०८०, ०७ : ३०
काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो । यसको विस्तृत नतिजा परिषद्को वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा हेर्न सकिने जनाइएको छ ।
साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन गरी रु १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
प्रमाण पत्र लिन आउँदा परीक्षाका लागि पेस गरेका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरू लगायत नागरिकताको सक्कल प्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र अनलाइन लगइन लिएर परिषद्मा आउनुपर्ने सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण