टाइगर ३ की गायिकाको कन्सर्टमा भागदौड, ४ को मृत्यु
नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो ।
कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) मा आयोजित टेक फेष्टमा पर्फमेन्श गर्ने वाला थिइन् । फेष्ट सुरु हुँदै गर्दा पानी परेपछि भागाभाग हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो भने अरू ६५ जना घाइते भए । मर्नेमा २ जना किशोर र २ किशोरी रहेको बताइएको छ ।
यो घटना हुँदा निकिताले गाउन सुरु पनि गरेकै थिइनन् । कार्यक्रममा टिकट भएकाहरुलाई मात्रै छिर्न दिइएको थियो । तर कन्सर्ट स्थलबाहिर पनि ठूलो भिड लागेको थियो । एउटै गेटबाट भित्रिने र बाहिरिने व्यवस्था गरिएकोले भागाभाग मच्चिएको बताइएको छ ।
पछिल्लो समय निकिताको टाइगर ३ मा लेके प्रभुका नाम भन्ने गीत रिलिज भएको थियो । यो घटनाले आफू दुखित भएको भन्दै यो दुःखद घटनामा शोक व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको निकिताले सामाजिक सञ्जालमा एउटा पोष्टमा भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण