टाइगर ३ की गायिकाको कन्सर्टमा भागदौड, ४ को मृत्यु

नयाँ दिल्ली । बलिउडकी टप सिंगर निकिता गान्धीको कन्सर्टमा भागदौड हुँदा ४ जनाको मृत्यु भएको छ । केरलाको कोच्चीमा एउटा विश्वविद्यालयमा उक्त कन्सर्टको आयोजना गरिएको थियो ।
कोचीन यूनिवर्सिटी ऑफ साइंस एंड टेक्नोलॉजी (सीयूएसएटी) मा आयोजित टेक फेष्टमा पर्फमेन्श गर्ने वाला थिइन् । फेष्ट सुरु हुँदै गर्दा पानी परेपछि भागाभाग हुँदा ४ जना विद्यार्थीको मृत्यु भयो भने अरू ६५ जना घाइते भए । मर्नेमा २ जना किशोर र २ किशोरी रहेको बताइएको छ ।
यो घटना हुँदा निकिताले गाउन सुरु पनि गरेकै थिइनन् । कार्यक्रममा टिकट भएकाहरुलाई मात्रै छिर्न दिइएको थियो । तर कन्सर्ट स्थलबाहिर पनि ठूलो भिड लागेको थियो । एउटै गेटबाट भित्रिने र बाहिरिने व्यवस्था गरिएकोले भागाभाग मच्चिएको बताइएको छ ।
पछिल्लो समय निकिताको टाइगर ३ मा लेके प्रभुका नाम भन्ने गीत रिलिज भएको थियो । यो घटनाले आफू दुखित भएको भन्दै यो दुःखद घटनामा शोक व्यक्त गर्न आफूसँग कुनै शब्द नभएको निकिताले सामाजिक सञ्जालमा एउटा पोष्टमा भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण