पूर्वराजा र राप्रपाका नेताहरुबिच भेटवार्ता

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच आइतबार भेटवार्ता भएको छ । झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका हुन् ।
धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएपनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राप्रपाका नेताहरुका अनुसार पूर्वराजाले राजावादीहरुसँग सामूहिक भेट गरेपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग पनि छुट्टै भेटवार्ता गरेका हुन् ।
सामूहिक भेटमा भने उपस्थित राजावादीहरुले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रम भव्य भएको बताएका थिए । उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए । यस्तै राजावादी पार्टी भएकाले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्नेमा पनि जोड राजावादीहरुले गरेका थिए । सो क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भने कुनै प्रतिक्रिया नदिइकन सहभागीहरुको धारणा सुनेका थिए ।
त्यसपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गरेका हुन् । भेटमा राप्रपाका नेताहरु रामकुमार सुब्बा, रोशन कार्की, सगुन लावती, राम थापा, राजेन्द्र गुरुङ, एजी शेर्पालगायतको सहभागिता रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम उँट बनेर आएको छ : नेता शर्मा
-
पतञ्जली जग्गा सट्टापट्टाबारे पूर्वमन्त्री सिंहको बयान : प्रधानमन्त्रीको निर्णयमा सहमत हुनुको विकल्प थिएन
-
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्याट्रिक डि विल्ड नियुक्त
-
संसद् अवरोध हटाउनेबारे कांग्रेस–रास्वपाबिचको छलफल निष्कर्षविहीन
-
मेरो राजनीतिक ‘करियर’ समाप्त पार्ने ओलीकाे चाहना हो : माधव नेपाल
-
लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार