पूर्वराजा र राप्रपाका नेताहरुबिच भेटवार्ता
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिच आइतबार भेटवार्ता भएको छ । झापामा शनिबार आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई त्यसको भोलिपल्ट अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले भेटेका हुन् ।
धुलाबारीस्थित मेची क्राउन प्लाजामा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएपनि विस्तृत विवरण प्राप्त हुन सकेको छैन । राप्रपाका नेताहरुका अनुसार पूर्वराजाले राजावादीहरुसँग सामूहिक भेट गरेपछि लिङ्देनसहितका राप्रपाका केन्द्रीय नेताहरुसँग पनि छुट्टै भेटवार्ता गरेका हुन् ।
सामूहिक भेटमा भने उपस्थित राजावादीहरुले शनिबार बिर्तामोडमा आयोजित कार्यक्रम भव्य भएको बताएका थिए । उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको जिकिर गर्दै सबै राजावादी समूह एकजुट हुने बेला आएको समेत बताएका थिए । यस्तै राजावादी पार्टी भएकाले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्नेमा पनि जोड राजावादीहरुले गरेका थिए । सो क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले भने कुनै प्रतिक्रिया नदिइकन सहभागीहरुको धारणा सुनेका थिए ।
त्यसपछि शाहले राप्रपाका नेताहरुसँग छुट्टै भेट गरेका हुन् । भेटमा राप्रपाका नेताहरु रामकुमार सुब्बा, रोशन कार्की, सगुन लावती, राम थापा, राजेन्द्र गुरुङ, एजी शेर्पालगायतको सहभागिता रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण