बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गणतन्त्रको विरोध गर्नुको अर्थ छैन : सभापति देउवा

सोमबार, ११ मङ्सिर २०८०, १३ : १९
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने,  ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ 

पछिल्लो समय गणतन्त्रविरुद्ध भइरहेको प्रदर्शनप्रति देउवा मौन थिए । देउवाको मौनता प्रश्न उठ्न थालेपछि सोमबार देउवाले अहिलेको व्यवस्थाको विकल्प खोज्ने बेला नभएको पनि बताए । 

गणतन्त्र विरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् भन्ने प्रश्नमा सभापतिले देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप