सेल्फीका लागि पोज दिएर दिनमै २०–३० लाख भारु कमाउँछन् ओरी

नयाँ दिल्ली । विगत केही महिनादेखि बलिउडका हरेक सिलेब्रेटी पार्टीमा एउटा अनुहार देखिरहेका छन् । हरेक स्टारसँग ती व्यक्तिको फोटो देखिन्छ । ती व्यक्ति अरू कोही होइन ओरहान अवत्रामानी उर्फ ओरी हुन् ।
ओरी यही सप्ताहन्तमा सलमान खानको रियालिटी शो बिग बोस १७ मा गएका थिए । बिग बोसको घरमा छिर्नुअघि शोका होष्ट सलमानले ओरीसँग रमाइलो कुराकानी गरेका थिए । यस क्रममा ओरीले आफूले फोटोका लागि पोज दिएर मात्रै २० देखि ३० लाख भारु कमाउने बताएपछि सलमान खान छक्क परेका थिए ।
ओरीका अनुसार मानिसहरुले उनलाई पार्टीमा साथमा फोटो खिचाउनकै लागि बोलाउने गरेका छन् । यसरी खिचिएका फोटोहरु उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गर्छन् । यसबापत उनले एक रातमै २० देखि ३० लाख भारु कमाउँछ । सेल्फी खिचेर यति धेरै पैसा कमाइने कुरा सुने सलमानले आफैँलाई ‘केही सिक सलमान, दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । तिमीले सेल्फीका लागि पैसा पाइरहेका छौँ, मैले यो सब किन गरिरहेको छैन ?’, भन्दै प्रश्न गरेका थिए ।
कतिवटा फोन बोक्ने गरेको छ भनेर सलमानले सोधेको जवाफमा ओरीले तीनवटा बताएका थिए । एउटा फोन बिहानका लागि, दोस्रो मध्याह्न र तेस्रो चाँहि रातका लागि । फोनको चलाइराख्दा ब्याट्री सकिने स्थिति नआओस् भनेर उनले तीन वटा फोन चलाउने गरेको पनि बताए । ओरीसँग पाँच जना त म्यानेजर मात्रै छन् । २ जनाले उनको सामाजिक सञ्जाल हेर्छन्, एक जना पीआर म्यानेजर हुन् । एक जनाले सबै ब्रान्डहरु हेर्छन् भने एक जनाले चाहिँ उनले खाने खानेकुराको हेरविचार गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’
-
लक्ष्मी उप्रेतीले श्रीमान्सँग छुट्टिएर तीन सन्तान हुर्काइन्, ४० कृति जन्माइन्
-
पार्टी निर्माणकै चरणमा छौँ, देशभर विस्तार हुन सकेको छैन : वरिष्ठ उपाध्यक्ष पाण्डे