कोप–२८ जलवायु सम्मेलनमा विश्व नेताहरूले ग्लोबल वार्मिङको घातक चक्र तोड्नुपर्छः महासचिव गुटेरेस
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले यस हप्ता शुरु हुने जलवायु सम्मेलनमा भाग लिने विश्व नेताहरूले विश्व जलवायु परिवर्तनको खतरा रोक्ने कुरामा आवश्यक जोड दिन आवश्यक रहेको बताएका छन् ।
संयुक्त राष्ट्र प्रमुखले न्युयोर्कमा संयुक्त राष्ट्र मुख्यालयमा पत्रकारहरूसँगको कुराकानमिा सप्ताहन्तमा अन्टार्कटिकामा बरफ पग्लिरहेको र गम्भीर रूपमा स्तब्ध पार्ने गति भइरहेको बताए । उनले १९९० को शुरुवातको दर भन्दा तीन गुणा छिटो हिउँ पग्लिरहेको बताए ।
हालको तथ्याङ्कले देखाउँछ कि, दक्षिण ध्रुवमा समुन्द्री बरफको वर्तमान सीमा यस सिजनको औसत भन्दा १.५ मिलियन वर्ग किलोमिटर कम छ । यो क्षेत्र पोर्चुगल, स्पेन, फ्रान्स र जर्मनीको कुल संयुक्त भूमिमास बराबर छ ।
उनले जलवायु परिवर्तनका कारण बाढी र नुनिलो पानीको प्रभावले खाद्य र पानीका स्रोतहरूमा प्रभाव पार्ने बताए । जसले साना टापुहरू र विश्वभरका धेरै तटीय शहरहरूको दिगोपनलाई असर गर्ने उनको भनाइ छ ।
हिउँ घट्दै जाँदा र तातो मौसम तिब्र रुपमा बढ्ने र यसले सम्पूर्णमा असर पुग्ने उनले बताए । उनलें कोप २८ सम्मेलनमा विश्व नेताहरुले जलवायु परिवर्तनबाट भइरहेको असरको चक्र तोड्नुपर्ने बताए ।
यसका लागि नवीकरणीय उर्जाको तीन गुणा प्रयोग, ऊर्जा दक्षतामा दोब्बर बनाउने र २०३० सम्ममा सबैका लागि स्वच्छ उर्जामा पहुँच गर्ने विश्वव्यापी सम्झौता पर्याप्त हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण