शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको रिसोर्टमा कौडा खेल्दै गरेका सञ्चालकसहित १६ जना पक्राउ

मङ्गलबार, १२ मङ्सिर २०८०, १२ : ४७
मङ्गलबार, १२ मङ्सिर २०८०

कास्की ।  पोखराको एक रिसोर्टमा कौडा खेलिरहेका १६ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टबा६ सञ्चालकसहित १६ जना गए राति पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका सञ्चालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरुङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रुपैयाँ र १६ थान कौडा बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप