न्यूरोसर्जन समाजको अध्यक्षमा डा. रोका चयन
मङ्गलबार, १२ मङ्सिर २०८०, १९ : २३
काठमाडौँ । काठमाडौँ नेपाल न्युरो सर्जन समाजको नयाँ कार्यसमितिको अध्यक्षमा डा. यमबहादुर रोका चयन भएका छन् । नयाँ कार्यसमितिमा प्रा.डा राजीव झा, प्रेसिडेन्ट इलेक्ट, र डा. सुदन ढकाल उपाध्यक्षमा चयन भएका हुन् ।
त्यस्तै गरी सचिवमा डा. गोपाल सेढाई तथा डा. प्रकाश काफ्ले र डा. सुरज थुलुङ्गलाई सह सचिवमा चयन गरिएको हो । कोषाध्यक्षमा डा. विनोद राजभण्डारी चयन भएका छन् । यता सदस्यहरूमा डा. अनीश मान सिंह, डा. मनिष कोलाक्षपति, डा. माया भट्टचन, डा. राजीव शाह, डा. प्रत्युश श्रेष्ठ र डा. समीर अर्याल रहेका छन् ।
डा.राजीव झाले सम्बन्धित क्षेत्रको विज्ञहरूसँग न्युरोसर्जनका समस्याहरू छलफललाई आगामी दिनमा निरन्तरता दिइने बताए । समयसँगै न्यूरोसर्जनसम्बन्धी नयाँ नयाँ प्रविधिको विकास भएकाले सोही विषयमा छलफल गरिने समेत उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
-
गाजामा सहायता आपूर्तिका प्रतिबन्धहरू हटाउन राष्ट्रसङ्घको आह्वान
-
प्रत्यक्ष फुटबल हेर्न इन्फान्टिनोको भागदौड, अत्यधिक उडानकै कारण प्रदूषणकारी बन्दैछ विश्वकप
-
एसिड आक्रमणमा दृष्टिविहीन हुनबाट बचेका विस्साको कंगोका लागि ऐतिहासिक गोल
-
सरकारको नियतमाथि राप्रपाले उठायो प्रश्न, ईभी काण्डमा संसदीय छानबिन समिति माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण