तनहुँको घाँसीकुवामा बस दुर्घटनाहुँदा ३६ जना घाइते
बुधबार, १३ मङ्सिर २०८०, ०७ : ४४

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना
-
भाडाको घरमा सीके राउतको दाबी, हत्याउन अनेक प्रपञ्च
-
कांग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
दिवस नाथको ‘राख मनैमा’
-
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
-
आज ७३औँ कानुन दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै