हुन्डाई नेपालद्वारा बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौँ । नेपालमा हुन्डाई गाडीको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम सफलताका साथ आयोजना गरेको छ ।
भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुन्डाई नेपाल ग्राहकहरु बिच अत्यन्त लोकप्रिय ब्रान्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैँ ध्यान दिने हुन्डाई नेपाल आजको दिनमा सबैभन्दा सफल अटो ब्रान्डहरु मध्ये एक हो ।
कम्पनीको अनुसार नयाँ क्रेटा इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकहरूलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुबिधाबाट बाहिर ल्याउन ठुलो सहयोग गरेको छ । धेरै मानिसलाई इभी लिँदा स्पेयर पार्ट्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्रान्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ। तर हुन्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभीदुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकोले यस्तो समस्या रहँदैन। हुन्डाईका ग्राहकहरुले इभी होस् वा पेट्रोल गाडी, सेवा, पार्ट्स र सपोर्ट समान रुपमा पाउनेछन् ।
यही सन्देश देशभर फैलाउन हुन्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरहरूमा आफैँ पुगिरहेको छ। यसै अभियान अन्तर्गत कम्पनीले बिहीबार बिर्तामोडको अलायन्स मोटर्स (हुन्डाईको आधिकारिक डिलर)मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।
यस कार्यक्रममा हुन्डाईका नयाँ गाडीहरू, विशेष गरी क्रेटा इभी सार्वजनिक गरिएको थियो । यसका साथै त्यहाँ उपस्थित व्यक्तिहरुले हुन्डाईको टिम सँग प्रत्यक्ष कुराकानी गर्दै गाडी सम्बन्धी जानकारी आवश्यक सहयोग प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो