सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लोसपा

बुधबार, १३ मङ्सिर २०८०, १४ : ३०
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकका लागि आन्तरिक तयारी सुरु गरेका छन् । बैठकको एजेन्डालगायतका विषयमा नेताहरूसँग आन्तरिक छलफल गर्नुको साथै उनले विभिन्न संगठनलाई पुनर्गठन गर्ने कार्यलाई पनि अगाडि बढाएका छन् ।

पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले केन्द्रीय समितिको बैठक कुन मोडेलमा बसाउने, त्यसको एजेन्डा कस्तो हुने लगायतको विषयमा आन्तरिक तयारी चलिरहेको बताउँदै चाँडै नै मिति तय हुने बताए ।

यसअघि बसेको पदाधिकारीसहितको बैठकले केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको थियो । तर, चाडपर्वका कारण केही ढिला भए पनि अब ढिलाइ नगरिने उनको भनाइ थियो । 

लोसपाको केन्द्रीय समितिको नामावली सार्वजनिक भएपछि बैठक बसेको छैन । लोसपाले गत असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप