केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लोसपा
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकका लागि आन्तरिक तयारी सुरु गरेका छन् । बैठकको एजेन्डालगायतका विषयमा नेताहरूसँग आन्तरिक छलफल गर्नुको साथै उनले विभिन्न संगठनलाई पुनर्गठन गर्ने कार्यलाई पनि अगाडि बढाएका छन् ।
पार्टीका उपाध्यक्ष जितेन्द्र सोनलले केन्द्रीय समितिको बैठक कुन मोडेलमा बसाउने, त्यसको एजेन्डा कस्तो हुने लगायतको विषयमा आन्तरिक तयारी चलिरहेको बताउँदै चाँडै नै मिति तय हुने बताए ।
यसअघि बसेको पदाधिकारीसहितको बैठकले केन्द्रीय समितिको बैठक राख्ने निर्णय गरेको थियो । तर, चाडपर्वका कारण केही ढिला भए पनि अब ढिलाइ नगरिने उनको भनाइ थियो ।
लोसपाको केन्द्रीय समितिको नामावली सार्वजनिक भएपछि बैठक बसेको छैन । लोसपाले गत असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण