आइतबार, २० फागुन २०८०
ताजा लोकप्रिय
कोप–२८ सम्मेलन

प्रधानमन्त्री  कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान

बुधबार, १३ मङ्सिर २०८०, २१ : ४५
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान गरेको हो । 
। 
कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दै छ ।  युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

p4

जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अति कम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानि नोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्ने छ । 

p1p2p3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप