बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

के मधुमेहका कारण कपाल झर्छ ?

बिहीबार, १४ मङ्सिर २०८०, १५ : ३१
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । शरीरमा ग्लुकोजको उच्च मात्रा भेटिनु मधुमेहको संकेत हो । मधुमेहले रक्त नलीमा क्षति पुर्याउँछ । मुटु र आँखालाई प्रभावित बनाउँछ । मिर्गौलामा समस्या निम्त्याउँछ । हामीले धेरै चासो नदिने अको कुरा चाँहि यसले कपालको स्वास्थ्य पनि प्रभावित हुन्छ ।

विज्ञहरुका अनुसार मधुमेहले कपालको स्वास्थ्य स्थिति चौपट पार्न सक्छ । कपालको अवस्था प्रभावित हुनुमा तपाईँको जीवनशैलीको पनि हात हुन्छ । तर मधुमेहका बिरामीमा उच्च मात्रामा ग्लुकोज भेटिनुले कपाल झर्ने षंयन्त्रलाई फरक फरक किसिमले सक्रिय पार्छ भन्छन् विज्ञहरु । रगतमा चिनीको उच्च मात्राका कारण रक्तसञ्चारमा खलल उत्पन्न भएर कपालको जराभित्रभित्रसम्म रगत पुग्न सक्दैन । रगतको पर्याप्त आपूर्ति नभएपछि कपालले आवश्यक पोषण तत्व पाउँदैन अनि यसको वृद्धि विकास र मजबुति दुवै प्रभावित हुन्छ ।

मधुमेहले कपालमा देख्ने सक्ने गरी पार्ने प्रभाव भनेको अलोपेसिया एरियाटा अर्थात् पहिलो प्रकारको मधुमेहका बिरामीमा बढी पाइने अटोइम्युन समस्या निम्तिन्छ । यसका कारण टाउकोमा कतै कतै कपाल झर्ने तीव्र हुन्छ । मधुमेहको नियन्त्रणमा त्रुटि भयो भने टेलोजेन एफ्लुभियम अर्थात् आफै  कपाल झर्न थाल्छ । बेलै नभइकन कपाल आराम गर्ने चरणमा जान्छ । कपाल पलाउँदैनन् । मधुमेहले रक्तनलीमा पार्ने क्षतिका कारण रगतको प्रवाह प्रभावित हुँदा कपाल बढ्ने क्रम त सुस्त हुन्छ नै कपाल पातलो पनि हुँदै जान्छ ।

मधुमेहले हर्मोनबिचको सन्तुलन बिगारेर कपाल झर्ने क्रम तीव्र हुने हर्मोन डिहाइड्रोटेष्टोस्टेरोन (डीएचटी)को स्तर बढाइदिन्छ । डीएचटीले हेयर फलिकललाई खुम्च्याइदिन्छ, कपालको रेशाको आयु घटाउँछ र विस्तारै विस्तारै रेशालाई पातलो बनाउँदै जान्छ । मधुमेहको केही रोगीमा कपालको जरामा ढुँसी आउने समस्या पनि भेटिन्छ । इन्फ्लामेशन यसको कारक हो । मधुमेहका कारण कसैकसैमा क्रनिक इन्फ्लामेशनको समस्या निम्तिन सक्छ । यसले कपालको जरालाई नकारात्मक रुपमा प्रभावित बनाउँछ । सामान्य रुपमा हुने कपालको वृद्धि विकासमा अवरोध गर्छ । जराबाट झरेको ठाउँमा कपालको रेशा पलाउन छाड्छ, वा सो क्रम पनि बन्द हुन सक्छ ।

रगतको प्रसार राम्रोसँग नहुनु, हर्मोनमा असन्तुलन, इन्फ्लामेशन र मधुमेहसँग सम्बन्धित समस्या र जटिलता सबैका कारण मधुमेहले बिरामीको कपाल झार्ने क्रमलाई तीव्र बनाउन सक्छ । यसको उपाय भनेको रगतमा चिनीको मात्रा नियन्त्रित राख्ने, स्वस्थकर जीवनशैली अपनाउने र यस्ता समस्याहरु कम गर्न चिकित्सकसँग परामर्श लिने नै हो । तर कहिलेकाहीँ मधुमेहबाहेकका कारणले पनि कपाल झरिरहेको हुन सक्छ । त्यसैले एक पटक चिकित्सकलाई देखाएर आफ्नो व्यक्तिगत समस्याको निदान र निराकरण गर्न उपर्युक्त हुन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप