साङ्गीतिक कार्यक्रमका लागि आनीसहितको टोली बेलायत प्रस्थान
काठमाडौँ । मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । मानवसेवा आश्रम सहयोगार्थ कन्सर्टमा प्रस्तुति दिन लागेकी आनी र मानवसेवा आश्रमका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी बुधबार बेलायत प्रस्थान गरेका हुन् ।
मानवसेवा आश्रम युके च्यापटरले मानवसेवा आश्रम सहयोगार्थमा मे ५ मा कन्सर्ट र मे १९ सम्म विभिन्न मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू बेलायतको विभिन्न सहरहरूमा आयोजना गर्दैछ । हाल हुन लागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो ।
‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको थियो । तर टिकटको माग उच्च हुँदा ५ सय सिट थप गरिएको मानवसेवा आश्रम युके च्यापटरका सचिव यादव श्रेष्ठले बताए । यस्तै, रियल ड्रिम एजुकेसन कन्सल्टेन्सीले मुख्य प्रायोजक रहेको छ भने यस कन्सर्टलाई लक्ष्मी ज्वेलर्स लगायत ३३ ओटा व्यावसायिक संघ-संस्था प्रायोजक रहेका छन् ।
बेलायतमाहुने कन्सर्ट नितान्त नेपालको सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्याउने मनसायले आयोजना भएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिल बाबु खड्काले बताए । कन्सर्टबाट १ लाख पाउन्ड भन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको मानवसेवा आश्रम युके च्यापटरका कोषाध्यक्ष चन्द्र अर्याल बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
-
रुपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा
-
फूलमाया– ७
-
कक्रोच जनता पार्टीको प्रदर्शनमा ६ जना पक्राउ संस्थापक दिप्के भन्छन्, ‘हाम्रो एकाउन्ट ह्याक गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण