बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

साङ्गीतिक कार्यक्रमका लागि आनीसहितको टोली बेलायत प्रस्थान

बुधबार, १९ वैशाख २०८१, १५ : ०३
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । मे ५ मा बेलायतको क्यामवर्लीस्थित लेकसाइड कन्ट्री क्लब हलमा आयोजना हुन लागेको लोकप्रिय गायिका आनी छोइङ डोल्माको कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको छ । मानवसेवा आश्रम सहयोगार्थ कन्सर्टमा प्रस्तुति दिन लागेकी आनी र मानवसेवा आश्रमका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारी बुधबार बेलायत प्रस्थान गरेका हुन् ।

मानवसेवा आश्रम युके च्यापटरले मानवसेवा आश्रम सहयोगार्थमा मे ५ मा कन्सर्ट र मे १९ सम्म विभिन्न मानवता प्रवर्द्धनसम्बन्धी विभिन्न रचनात्मक कार्यक्रमहरू बेलायतको विभिन्न सहरहरूमा आयोजना गर्दैछ । हाल हुन लागेको कन्सर्ट मानवसेवा आश्रमको बेलायतमा तेस्रो कार्यक्रम हो । 

‘इनर मेलोडी फर इनर पिस’ कन्सर्टमा एक हजार जनालाई सहभागी गराउने आयोजकको लक्ष्य रहेको थियो । तर टिकटको माग उच्च हुँदा ५ सय सिट थप गरिएको मानवसेवा आश्रम युके च्यापटरका सचिव यादव श्रेष्ठले बताए ।  यस्तै, रियल ड्रिम एजुकेसन कन्सल्टेन्सीले मुख्य प्रायोजक रहेको छ भने यस कन्सर्टलाई लक्ष्मी ज्वेलर्स लगायत ३३ ओटा व्यावसायिक संघ-संस्था प्रायोजक रहेका छन् । 

बेलायतमाहुने कन्सर्ट नितान्त नेपालको सडकपेटी र सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा अति कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण र संरक्षणका लागि सहयोग पुर्‍याउने मनसायले आयोजना भएको मानवससेवा आश्रम युके च्यापटरका संयोजक सुनिल बाबु खड्काले बताए । कन्सर्टबाट १ लाख पाउन्ड भन्दा बढी सहयोग जुटाउने लक्ष्य राखिएको मानवसेवा आश्रम युके च्यापटरका कोषाध्यक्ष चन्द्र अर्याल बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप