चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ : महासचिव गुरुङ
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले हालै गरेको चीन भ्रमणले दुई देशबिचको सम्बन्धलाई थप बलियो बनाउन सफल भएको बताएका छन् । बुधबार संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गुरुङले चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निम्तामा गरेको भ्रमणमा चीन नेपालको शान्ति,समृद्धि र राजनीतिक स्थायित्वको लागि सधैँ तत्पर रहेको आफूले पाएको बताए ।
गुरुङले भने, ‘चीन सधैँ नेपालको समृद्धि,शान्ति र राजनीतिक स्थिरताको लागि सहयोग गर्न तयार छ ।’ गुरुङको नेतृत्वमा ३० जनाले दश दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टी र सरकारका उच्च अधिकारीसँग भेटवार्ता गरेको थियो । उनले भने, ‘उहाँहरूले नेपालमा स्थिर सरकार हेर्न चाहनुभएको छ । कम्युनिस्ट पार्टीहरूबिच सहकार्य होस् भन्ने चाहना राख्नुभएको छ ।’
भ्रमणले चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबिचको सम्बन्धलाई जनस्तरमा पुर्याउन समेत सहयोग पुग्ने विश्वास गुरुङले व्यक्त गरे । भ्रमणको क्रममा चीन सरकारका अन्तर्राष्ट्रिय विभागका मन्त्री, स्कुल विभागको प्रमुखलगायत उच्च तहमा भेट भएको पनि जानकारी दिए ।
एक अर्को प्रसङ्गमा गुरुङले अहिलेको सरकार संसद्को कार्यकालसम्मै जाने बताए । उनले भने, ‘संसद्को बाँकी समयसम्म यही समीकरण जान्छ । यसमा विभिन्न खेल हुन पनि सक्छन् । तर, अहिलेको समीकरण यो संसद्को बाँकी समयसम्म जान्छ ।’ नेपालको निर्वाचन प्रणालीका कारण एउटा दलको बहुमत प्राप्त गर्न नसक्ने अवस्थाका कारण समीकरण परिवर्तन भइरहने अवस्था सिर्जना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण