बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
मैत्रीपूर्ण टी–२० प्रतियोगिता

२८ रन बनाउँदै पेभेलियन फर्किए ओपनर लोकेश बम

बुधबार, १९ वैशाख २०८१, १५ : ०२
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।

नेपालले चौथो विकेटका रुपमा लोकेश बमलाई गुमाएको हो ।  ओपनर ब्याट्सम्यान लोकेशलाई गुडाकेश मोटीले बोल्ड गरेका हुन् ।

पेभेलियन फर्किनुअघि लोकेशले २८ रन बनाएका थिए ।  उनले २९ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । ११ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप