मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको १६ औँ योजनाबारे भुटानी प्रधानमन्त्रीको चासो

बुधबार, १९ वैशाख २०८१, १४ : ४९
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबिच भेटवार्ता भएको छ ।  अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको थियो । भेटवार्ता दुई देशबिचको सम्बन्ध, पर्यटन, ऊर्जा तथा कृषि क्षेत्रको विकासको लागि आ–आफ्ना अनुभवहरूको आदान–प्रदान गर्दै नेपाल र भुटानबिच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ । 

प्रधानमन्त्री तोग्बेले नेपालको सोह्रौँ योजनाले के–कस्तो विषयलाई जोड दिएको छ भन्ने जिज्ञासा पनि राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप