सेयर बजार
१८ अंकले घटेर सेयर बजार बन्द, १ अर्ब ३२ करोडको कारोबार
बिहीबार, १४ मङ्सिर २०८०, १५ : ५०
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकले घटेर सेयर बजार बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक १८.०६ अंकले घट्दै १८ सय ५८.५३ विन्दुमा झरेको हो ।
यस्तै आज सेयर बजारको सेन्सेटिभ इन्डेक्स समेत २.८० अंकले घट्दै ३५६.०८ अंकमा रोकिएको नेप्सेले जनाएको छ । आज म्युचुअल फन्डबाहेक १२ वटा उपसूचक ऋणात्मक भएका छन् ।
हाइड्रोपावर समूहको उपसूचक आज १.७३ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक १.५९ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.५६ प्रतिशतले घटेको छ । बाँकी अरु ९ वटा उपसूचक १ प्रतिशतले घटेका छन् ।
तथापि, आज म्युचुअल फन्डतर्फको उपसूचक भने ०.११ प्रतिशतले बढेको छ । १८ अंक माथिले घटेको बजारमा आज १ अर्ब ३२ करोड ३५ लाख रुपैयाँ बराबरको ४५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण