हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति
इटहरी । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं। २ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतीपूर्ति दिने भएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतिपूर्ति दिने घोषणा गरेका हुन् । इटहरी उपमहानगरपालिका २ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर विहीबार रातिदेखि नै रात्री गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउँधनको रक्षा रात्रीकालिन गस्ती गर्न लागिएको हो ।
हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं। २ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं। २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।
भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।
नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन् । यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण