तीन दिदीबहिनीले ल्याए स्टिल घर निर्माणको अवधारणा

बुटवल । रुपन्देहीमा ३ दिदीबहिनी मिलेर नयाँ शैलीको सुरक्षित र हलुका घरको अवधारणा ल्याएका छन् । बुटवल निवास सृष्टि गुरुङ, सोनाली गुरुङ र सिल्पी गुरुङ मिलेर आइटी स्टिल स्टक्चर सोलुसन प्रालि मार्फत स्टिल स्टक्चरमा आधारित घर निर्माण गरिरहेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको लौसामा प्रालीको स्टिल स्टक्चरका आधारित घर निर्माणमा प्रयोग हुने सामाग्रीको उद्योग रहेको छ । उद्योगमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इट्टा, ढुङ्गा, छड सिमेन्टको विकल्पमा स्टिल स्टक्चरका घरहरू राम्रो विकल्प बन्न सक्ने बताइएको थियो ।
यो नयाँ प्रविधिको घर हलुकासँगै भूकम्प प्रतिरोधक, खिया प्रतिरोधक बलियो र भरपर्दो रहेको प्रा लिकी टेक्निकल निर्देशक सृष्टि गुरुङले जानकारी दिइन्। विदेशमा पनि प्रचलनमा आएका यी घर नेपालमा पनि उपयोगी हुन सक्ने उनले बताइन् ।
प्रालिकी प्रवन्ध निर्देशक सोनाली गुरुङले २०७२ सालको भूकम्पबाट धेरै जनाले ज्यान गुमाएपछि आफूहरूले हलुका प्रकारको स्टिल स्टक्टचरल घरको योजना ल्याएर उद्योग स्थापना गरेको बताइन् ।
यो घर निर्माण गर्नका लागि समय कम लाग्छ। कम्पनीले डिजाइन गरेको डेड महिना घर निर्माण गर्न सकिन्छ । चार करोड ८५ लाखको लागतमा तयार भएको उद्योग स्थापना गरेको हाल १४ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । यो कम्पनी ११ कठ्ठा क्षेत्रफलमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज