शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित

शुक्रबार, ०२ जेठ २०८२, २२ : ३९
शुक्रबार, ०२ जेठ २०८२

समाचार सारांश

  • युकेमा अभ्यासका लागि रहेको नेपाली क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।।
  • नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले पराजित गर्दै २१३ रनको लक्ष्य ३७.५ ओभरमा पूरा गर्यो।

काठमाडौँ । अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग २ शृंखलाअघि भएको खेलमा नेपालले जित हासिल गरेको हो । 
शुक्रबार भएको खेलमा नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको छ । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपाली टोलीका लागि आरिफ र गुलशनले शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

उनीहरुले सातौँ विकेटका लागि १३४ रनको साझेदारी गरे ।  खेलमा गुलशन झाले सर्वाधिक ८० रन बनाए भने आरिफ शेखले अविजित रहँदै ७३ रन बनाएका थिए ।

कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामीले १–१ विकेट लिए ।  नेपालले युकेमा थप ३ टोलीसँग अभ्यास खेल खेल्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप