आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
शुक्रबार, ०२ जेठ २०८२, २२ : ३९
सारांश
- युकेमा अभ्यासका लागि रहेको नेपाली क्रिकेट टोलीले पहिलो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।।
- नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले पराजित गर्दै २१३ रनको लक्ष्य ३७.५ ओभरमा पूरा गर्यो।
काठमाडौँ । अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले पहिलो एकदिवसीय अभ्यास खेलमा जित हासिल गरेको छ । आईसीसी विश्वकप लिग २ शृंखलाअघि भएको खेलमा नेपालले जित हासिल गरेको हो ।
शुक्रबार भएको खेलमा नेपालले कार्डिफको न्यू पोर्ट टोलीलाई ३ विकेटले हराएको छ । २१३ रनको लक्ष्य नेपालले ३७.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपाली टोलीका लागि आरिफ र गुलशनले शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।
उनीहरुले सातौँ विकेटका लागि १३४ रनको साझेदारी गरे । खेलमा गुलशन झाले सर्वाधिक ८० रन बनाए भने आरिफ शेखले अविजित रहँदै ७३ रन बनाएका थिए ।
कुशल भुर्तेलले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले २ तथा रिजन ढकाल, ललित राजवंशी, सोमपाल कामीले १–१ विकेट लिए । नेपालले युकेमा थप ३ टोलीसँग अभ्यास खेल खेल्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण