सातामा २७ सयले बढ्यो सुनको मूल्यमा कीर्तिमान
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले यो साताको मूल्य सूची निर्धारण गर्दै गत साताको तुलनामा २७ सय रुपैयाँले बढेर कीर्तिमानी मूल्य कायम भएको जनाएको हो ।
सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो । यस्तै, मङ्सिर महिना भित्रमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको छ ।
यस्तै, महासंघले यो साता नेपाली बजारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको जानकारी गराएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण