शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा २७ सयले बढ्यो सुनको मूल्यमा कीर्तिमान

शनिबार, १६ मङ्सिर २०८०, १५ : ०८
शनिबार, १६ मङ्सिर २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । सुनचाँदी व्यवसायी महासंघले यो साताको मूल्य सूची निर्धारण गर्दै गत साताको तुलनामा २७ सय रुपैयाँले बढेर कीर्तिमानी मूल्य कायम भएको जनाएको हो ।

सातामा २७ सय सुनको मूल्य बढेसँगै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ तोकिएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ७५० रुपैयाँ तोकिएको थियो । यस्तै, मङ्सिर महिना भित्रमा नेपाली बजारमा सुनको मूल्य तोलामा ३५ सय रुपैयाँले बढेको छ ।

यस्तै, महासंघले यो साता नेपाली बजारमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको जानकारी गराएको छ । गत साताको शुक्रबार तोलामा १४ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य यो साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप