हात्तीको आक्रमणमा परी एक पुरुषको मृत्यु
सोमबार, १८ मङ्सिर २०८०, १३ : २५
विराटनगर । हात्तीको आक्रमणमा परेर मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझी रहेका छन् ।
बेलबारी नगरपालिका–१० भाउन्नेमा माझीलाई जंगली हात्तीले आक्रमण गरेको थियो । उनको आज बिहान मृत्यु भएको हो । साइकलमा यात्रा गरिरहेका बेला सिर्जना सामुदायिक वन क्षेत्रमा हात्तीले माझीलाई आक्रमण गरेको थियो ।
प्रहरीका अनुसार घटनास्थल वरपर हात्तीको आवतजावत नियमित भइरहेको पाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेको छ ।
माझीको शव पोस्मार्टमका लागि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टरतर्फ पठाएइको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण