‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका भोलि विश्व माटो दिवस मनाइँदै

काठमाडौँ । विश्व माटो दिवस भोलि मंगलबार मनाइँदै छ । ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नाराका साथ दशौँ विश्व माटो दिवस भोलि मनाउन लागिएको हो ।
विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू संकलन गरिएको छ । ‘विश्व माटो दिवस २०२३’ सो अवसरमा माटोमध्ये उत्कृष्ट तथा मलिलो माटोको २ जना किसानलाई सम्मान गरिने माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा.श्रीप्रसाद विष्टले बताए ।
नेपाली माटोमा भू–क्षय, अम्लीयपन, माटो बगेर जानु, विषादीको प्रयोगले माटो कडापन हुनु, माटोमा केही मात्रामा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु लगायत समस्या रहेको उनको भनाई छ ।
उनका अनुसार भू–क्षय तथा अत्यधिक पानी परेका कारण वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको छ । त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १ दशमलव ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने केन्द्रका प्रमुख विष्टले बताए ।