जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
सारांश
- दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्, नगद २६ हजार ८६५ रुपैयाँ बरामद।
- काभ्रेपलाञ्चोकको भुम्लुमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ, ३३ हजार ६४५ रुपैयाँ र तास बरामद।
- दुवै घटनामा प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ।
काठमाडौँ । दाङ र काभ्रेपलाञ्चोक जिल्लामा जुवातास खेलिरहेको अवस्था १८ जना पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण