शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

बिहीबार, ०१ जेठ २०८२, १५ : ०३
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • दाङको तुलसीपुरमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्, नगद २६ हजार ८६५ रुपैयाँ बरामद।
  • काभ्रेपलाञ्चोकको भुम्लुमा जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ, ३३ हजार ६४५ रुपैयाँ र तास बरामद।
  • दुवै घटनामा प्रहरीले जुवातास खेलिरहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ।

काठमाडौँ ।  दाङ र काभ्रेपलाञ्चोक जिल्लामा जुवातास खेलिरहेको अवस्था १८ जना पक्राउ परेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-६ गुम्राहचोक डेरा गरी बस्ने सोही उपमहानगरपालिका-११ घर भएका २९ वर्षीय नरेन्द्र केसीको कोठामा जुवातास खेलिरहेको अवस्थामा नरेन्द्र समेत ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २६ हजार ८ सय ६५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

 काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ कोशीपारी बस्ने शिव श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-८ बस्ने ३३ वर्षीय सविन श्रेष्ठ समेत १० जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३३ हजार ६ सय ४५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप