सरकार सञ्चालनका विषयमा कांग्रेस र एमालेबिच समस्या छैन : गृहमन्त्री
बिहीबार, ०१ जेठ २०८२, १४ : ५६
सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।
सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेबिचको समीकरण विघटन नभई थप सुदृढ हुने बताए ।
गृहमन्त्री लेखकले भने,“ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।”
उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण