नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डनमा, विश्वकप लिग-२ सिरिजमा भिड्दै

समाचार सारांश
- नेपाली क्रिकेट टोली आईसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न लन्डन आइपुगेको छ।
- कप्तान रोहित पौडेल परीक्षाका कारण १७ तारिखमा बेलायत आउनेछन्। खेलाडीको सहयोगार्थ च्यारिटी डिनरको आयोजना हुनेछ।
- नेपाली टिमले स्कटल्यान्ड जानुअघि लन्डनमा दुई दिन आराम गर्नेछ र अभ्यास खेल खेल्नेछ।
- नेपालले स्कटल्याण्ड र नेदरल्याण्डसँग लिग-२ सिरिज जुन २ देखि १० सम्म खेल्नेछ र टी-२०आई सिरिज पनि खेल्नेछ।
लन्डन । स्कटल्यान्डमा आईसीसी एक दिवसीय विश्वकप लिग २ सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लन्डन आइपुगेको छ ।
हिथ्रो विमानस्थलमा बिहीबार बिहान माया इभेन्टसका निर्देशक राज पाण्डे लगायतले खेलाडीलाई स्वागत गरे । परिक्षा भएका कारण कप्तान रोहित पौडेल भने १७ तारिख मात्र बेलायत आइपुग्ने पाण्डेले बताए ।
माया इभेन्टसले शनिबार ती खेलाडीको सहयोगार्थ लन्डन साउथ ह्यारोको नेवा छेमा च्यारिटी डिनर गर्ने तयारी गरेको छ ।
निर्देशक पाण्डेले च्यारिटी डिनरमा आएर खेलाडीलाई सहयोग गरिदिन सबैमा अपिल गरेका छन् ।
स्कटल्यान्ड जानु अघि नेपाली टिमले लन्डनमा दुई दिन आराम गर्नेछन् र एमसीसी, कार्डिफ युनिभर्सिटी, ग्लस्टरलगायतका खेलाडीसंग केही अभ्यास खेल खेल्ने कार्यक्रम छ ।
स्कटल्यान्डमा आइसीसी एक दिवसीय विश्वकप लिग २ सिरिजमा राम्रो नतिजा लिएर फर्किने उपकप्तान दीपेन्द्रसिंह ऐरीले बताए। नेपाली टिमलाई पहिला जस्तै सहयोग गरिदिनको लागि बेलायतवासी नेपालीहरुलाई उनले आग्रह गरेका छन् ।
नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग जुन २ देखि १० सम्म सिरिज खेल्नेछ । ‘नेपालमा पनि दुई महिना अघिबाट तयारी गरेका छौं, यहाँ पनि प्राक्टिस गर्ने प्रशस्त समय लिएर आएका छौँ ‘ ज्ञानेन्द्र मल्ले भने ।
आफूहरू पूर्ण तयारीकासाथ आएका छौं, स्कटल्याण्ड जानुअघि यूकेमा अभ्यास गर्ने पर्याप्त समय भएकाले ठूलो सहयोग पुग्ने सन्दीप लामिछानेले बताए ।
लिग-२ सिरिजपछि नेपालले ती देशहरूसँग टी-२०आई सिरिज पनि खेल्नेछ । उक्त सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुने जनाइएको छ ।
टोलीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान) कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), गुलशन झा, अनिल शाह, भीम सार्की, सोमपाल कामी, आरिफ शेख, बसिर अहमद, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, सन्दीप लामिछाने र करण केसी छन् ।
टी-२०आई सिरिजका लागि थप किरणकुमार ठगुन्ना, रुपेश सिंह र लोकेश बम छानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा घुम्रपातका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो
-
गगन, बाबुराम, कुलमानसहित करिब एक हजारले हेरे ‘बारपाक फोटो प्रदर्शनी’
-
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो
-
‘वार रुम’ स्थापनादेखि ‘पर्फर्मेन्स एन्ड पेमेन्ट अटोमेसन’ : यस्ता छन् योगेशका २४ बुँदे सुझाव
-
चार जना मृत अवस्थामा फेला
-
पार्टी प्यालेसको स्विमिङ पुलमा डुबेर मृत्यु