नेपाल मेडिकल काउन्सिलका अध्यक्ष भुसालले आज पदवहाली गर्दै
मङ्गलबार, १९ मङ्सिर २०८०, ०७ : ४०
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्रा.डा. चोपलाल भुसालले आज पदवहाली गर्दै छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका प्राडा भुसालले आज काउन्सिल पुगेर पदवहाली गर्न लागेका हुन् ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गरेको थियो । नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो ।
त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् । यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिकदेखि सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
-
बालबालिका भन्छनः ‘लागुऔषध र बालविवाह न्यूनीकरण गरिदिनुस्’
-
‘किङ अफ द नर्थ’ एन्डी बर्नहम संसद्मा निर्वाचित, प्रधानमन्त्री स्टार्मरको पद सङ्कटमा
-
‘लोक-दोहोरी क्षेत्रमा फोहोरीहरूको प्रवेश भयो, मौलिकपन हराउँदै गयो’
-
लोप हुँदै थारु समुदायको ‘ढकिया’
-
कक्षा १२ को नतिजा: एक लाख चार सय ७१ जना ‘नन ग्रेडेड’, ४० परीक्षार्थीको परीक्षा रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण