खुकुरी प्रहार गरी छिमेकीको हत्या
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : २४
सुनसरी । वृद्धमाथि खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-२ शान्तझोडास्थित राई टोल बस्ने ७० वर्षीया मधुमाया पुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घर नजिक रहेको गाईगोठमा मल सोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरीले प्रहार गर्दा गम्भीर घाइते भएकी पुरीको तरहरा सामुदायिक अस्पताल तरहरामा सामान्य उपचार पश्चात् थप उपचारको लागि धरान घोपामा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी तरहरा र प्रहरी बिट शान्तिझोडाबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिव दरबन्दी भएको डडेल्धुरामा फेरि उपसचिव नै सीडीओ, वली पुनः सहायक भूमिकामा
-
प्रदेश सभा खारेजी र प्रदेश सरकार पुनर्संरचनाको बहसमा के भन्छन् कर्णालीका नेता ?
-
अनधिकृत रूपमा घुम्ती व्यापार गर्न नपाइने
-
प्रदेश सभाबिनाको सङ्घीयता कल्पना गर्न सकिँदैन : पूर्वमुख्यमन्त्री शाही
-
लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो
-
प्रदेश सभा खारेज गर्दैमा सङ्घीयता खारेज भयो भन्न मिल्दैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण