शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई किसान सम्मानित

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ४६
मङ्गलबार, १९ मङ्सिर २०८०

काठमाडौँ । माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई जना किसान सम्मानित भएका छन् । विश्व माटो दिवसको अवसरमा दाङमा पर्ने लमही नगरपालिका २ का प्रेम चौधरी र रुकुममा पर्ने मुसिकोट नगरपालिका ८ का कृष्ण बहादुर खड्कालाई सम्मान गरिएको हो । 

विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू संकलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुबैलाई दश/दश हजार नगदसहित सम्मान गरिएको हो । 

माटोमा रासायनिक भन्दा प्राङ्गारिक मलको प्रयोग गर्ने भएकाले माटो राम्रो भएको खड्काले बताए । माटोमा केही मात्रामा रासायनिक मल प्रयोग गरे पनि नदीमा आएको बढीको पानी खेतमा लाग्ने भएकाले माटो मलिलो भएको अर्का किसान चौधरीले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप