माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई किसान सम्मानित
मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ४६
काठमाडौँ । माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई जना किसान सम्मानित भएका छन् । विश्व माटो दिवसको अवसरमा दाङमा पर्ने लमही नगरपालिका २ का प्रेम चौधरी र रुकुममा पर्ने मुसिकोट नगरपालिका ८ का कृष्ण बहादुर खड्कालाई सम्मान गरिएको हो ।
विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू संकलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो । दुबैलाई दश/दश हजार नगदसहित सम्मान गरिएको हो ।
माटोमा रासायनिक भन्दा प्राङ्गारिक मलको प्रयोग गर्ने भएकाले माटो राम्रो भएको खड्काले बताए । माटोमा केही मात्रामा रासायनिक मल प्रयोग गरे पनि नदीमा आएको बढीको पानी खेतमा लाग्ने भएकाले माटो मलिलो भएको अर्का किसान चौधरीले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण