पर्यटन प्रवर्द्धन गर्न बागलुङ महोत्सव हुने
ढोरपाटन । गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ ।
पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उनले बताए ।
हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सवका क्रममा पुरुष भलिबल प्रतियोगिता, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन् । महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण