यस्तो फोटोले बबीले पाएका थिए एनिमलमा अवसर
काठमाडौं । बलिउड अभिनेता बबी देवलले सन् २०१८ मा सलमान खानसँग रेस थ्रीबाट आफ्नो कमब्याक गरिसकेका थिए । त्यसयता लभ होष्टल, आश्रम र हाउसफूल ४ बाट पनि उनले बलिउडमा आफ्नो पुनरागमन प्रमाणित गरिसकेका छन् ।
तर एनिमलले जत्तिकै उनको फ्यानहरूमा प्रभाव अरूले पार्न सकेन । संदिप वांगा रेड्डीको एनिमलमा खलनायकको भूमिकाले बबीको फिल्मी करियरलाई अर्को उचाइ दिएको छ । यो फिल्ममा भिलेनको भूमिका बबीले कसरी पाएका थिए ? यसको कहानी रोचक छ ।
बबी देओलले सेलिब्रेटी क्रिकेट लिगमा खेल्दाताकाको एउटा फोटो हेरेर संदिपले बबीलाई सो भूमिका दिएका थिए । संदिपले बबीलाई त्यो फोटो देखाएर ‘फोटोमा तिम्रो जुन एक्सप्रेसन छ–मलाई यस्तै चाहिन्छ’ भनेका थिए ।
एनिमलमा रणबीर कपुर र बबी देओल दुबैलाई खुंखार देखाइएको छ । रणवीरको अभिनयको जति तारिफ भइरहेको छ त्यति नै बबी देओलको पनि भइरहेको छ । थोरै मात्रै सिन अनि एउटै डाइलग नहुँदा पनि बबीले निकै तारिफ पाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले ‘जेन जेड, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
-
काठमाडौँ महानगरले सहरको सौन्दर्य र सुरक्षामा आँच आउने विज्ञापन सामाग्रीलाई पूर्णतः निषेध गर्ने
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण