पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार
पोखरा । पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुँदै छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३२ औँ संस्करणको मेला नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । मेला पुस १ गतेसम्म हुने आयोजकले जनाएको छ ।
मेलामा २५० स्टल रहनेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी छुट्टै स्टल छन् भने महिला उद्यमशीलता तथा अन्य उद्यमहरूको पनि स्टल छन् ।
मेला अवधिभर ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने अनुमान छ । मेला भर्न आउने दर्शकले टिकट काट्दा पाउने कुपनबाट एक जनालाई स्कुटर उपहार प्रदान गरिने अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए ।
उनका अनुसार मेलाको आम्दानीले उद्यमशीलता प्रबद्र्धनमा खर्च गरिने छ । पोखरा उद्योग वाणिज्य सङ्घले २०४२ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला गरेको थियो । मेलाको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण