आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता

आइतबार, ०७ असार २०८३, ०२ : ४६
आइतबार, ०७ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'इ' को खेलमा जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १-० ले पछाडि परेको छ ।
  • जर्मनीले दुई पटक गोल गरे पनि रेफ्रीले फाउल भन्दै मान्यता नदिएपछि पहिलो हाफमा आइभरी कोस्टले अग्रता जोगाएको हो ।
  • खेलको २१औं मिनेटमा अलेक्जेन्डर पाभ्लोभिच र ४०औं मिनेटमा काइ हाभर्ट्जले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को रोमाञ्चक खेलमा चार पटकको विश्व विजेता जर्मनी पहिलो हाफमा आइभरी कोस्टसँग १–० ले पछाडि परेको छ । क्यानडाको टोरन्टो स्टेडियममा जारी खेलमा जर्मनीले दुई पटक गोल गरे पनि रेफ्रीले ती दुवै गोललाई मान्यता नदिएपछि पहिलो हाफमा अफ्रिकी टोलीले आफ्नो अग्रता जोगाउन सफल भएको हो ।

खेलको सुरुदेखि नै दबाब बनाएको जर्मनीले २१ औँ मिनेटमा गोल गर्ने सुवर्ण मौका पाएको थियो । कर्नरबाट आएको बललाई जर्मनीका मिडफिल्डर अलेक्जेन्डर पाभ्लोभिचले उत्कृष्ट जम्प गर्दै जाली चुमाएका थिए । तर, गोल गर्ने क्रममा उनले आइभरी कोस्टका गोलरक्षक याहिया फोफानासँग ठक्कर खाएपछि (फउल) रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

त्यस्तै, खेलको ३० औँ मिनेटमा फ्रान्क केसीईको गोलबाट अग्रता लिएको आइभरी कोस्टविरुद्ध जर्मनीले ४० औँ मिनेटमा पुनः जाली चुमाएको थियो । काइ हाभर्ट्जले बराबरी गोल गरेको ठाने पनि सोभन्दा केही सेकेन्डअघि इमानुएल एग्बाडोमाथि फाउल भएको भन्दै रेफ्रीले उक्त गोललाई पनि रद्द गरिदिए । जर्मनीले निकै प्रयास गरे पनि भाग्यले साथ नदिँदा र रेफ्रीको निर्णय विरुद्धमा जाँदा पहिलो ४५ मिनेटमा गोलविहीन रहनुपर्‍यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप