फिफा विश्वकप २०२६
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
आइतबार, ०७ असार २०८३, २२ : २५
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'एच' को दोस्रो खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध ३-० को अग्रता लिएको छ ।
- स्पेनका लागि लामिन यामलले १० औं मिनेटमा पहिलो गोल गरे ।
- मिकेल ओयार्जाबालले २१औं र २४औं मिनेटमा थप दुई गोल गरे ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो दोस्रो खेलमा स्पेनले साउदी अरेबियाविरुद्ध सानदार प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा केप भर्डसँग बराबरीमा रोकिएर अंक बाँडेको स्पेन आज मर्सिडीज–बेन्ज स्टेडियममा पहिलो जितको खोजीमा निकै आक्रामक रूपमा मैदान उत्रिएको छ ।
खेलको सुरुवातदेखि नै साउदी टोलीमाथि दबाब बनाएको स्पेनले ३८ मिनेटको खेल सकिँदासम्म ३–० को सहज अग्रता बनाइसकेको छ । स्पेनका लागि युवा स्टार लामिन यामलले खेलको १० औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि अग्रपंक्तिका खेलाडी मिकेल ओयार्जाबाल चम्किएका छन् । उनले मात्र ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै स्पेनको अग्रतालाई बलियो बनाए । ओयार्जाबालले खेलको २१ औँ र २४ औँ मिनेटमा लगातार गोल गरेपछि साउदी अरेबियाको रक्षापंक्ति दबाबमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
-
केप भर्डेका डिफेन्डर सिड्नी लोपेज काब्रालले अर्को खेल गुमाउने
-
स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
-
यान्त्रिक हलो अभावले किसानलाई धान रोप्न समस्या
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण