डोटीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना
सारांश
- डोटीको बुडरमा सशस्त्र प्रहरी विपद् व्यवस्थापन वेस स्थापना गरियो।
- यस वेसको उद्घाटन बाहिनीपति सुवेदीले गर्नुभएको हो।
- यससँगै सशस्त्र प्रहरीका विपद् व्यवस्थापन वेस १६ पुगे।
काठमाडौँ । डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले शुक्रबार उक्त वेश उद्घाटन गरेका हुन् ।
डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो व्यासमा सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन बेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई–दुई र लुम्बिनी प्रदेशमा एक वटा बेस स्थापना गरिएको छ ।
सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली) मा विपद् व्यवस्थापन बेस स्थापना गरेको थियो ।
धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन बेस सञ्चालनमा छ ।
सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ व्यासमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
कीर्तिमानी गोलसँगै पहिलो हाफमा मोरक्को १–० ले अगाडि, दबाबमा स्कटल्याण्ड
-
विश्वकप २०२६ को सबैभन्दा छिटो गोल: खेल सुरु भएको २ मिनेटमै मोरक्कोको अग्रता
-
तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण