लापरबाहीले मानिसको मृत्यु भएको भन्दै विराटनगर महानगरविरुद्ध प्रदर्शन
विराटनगर । विराटनगर–७ सात घुम्तीमा हिजो भएको आगलागी नियन्त्रणका लागि तत्काल दमकल नपठाएको र मान्छेको मृत्यु भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
विराटनगर महानगरपालिका अगाडि प्रदर्शन गर्दै उनीहरुले गेटमा तालाबन्दीसमेत गरेका छन् । आगलागीमा परी ३ जनाको मृत्यु भएको र ३ जना घाइते हुनुमा महानगरले दमकल ढिलो पठाउँदा भएको स्थानीयको आरोप छ ।
‘आगलागीको खबर तत्काल विराटनगर महानगरपालिकालाई दिँदासमेत सूचना पाएको ४५ मिनेट भन्दा ढिलो मात्र घटनास्थलमा आएको तर, पानी नबोकी आएको थियो,’ स्थानीय दीपेन्द्र मेहताले भने, ‘त्यस बेलासम्म अन्य पालिकाको दमकल भने आइसकेका थिए । तर, त्यस बेलासम्ममा कामदारहरू सहजै भाग्न सकेनन् ।’
सही समयमा आगलागी नियन्त्रण भएको भए मानवीय क्षति नहुने स्थानीयको दाबी छ । ‘महानगरपालिका भित्र रहेको दमकल र एम्बुलेन्स जस्ता अति संवेदनशील सेवाहरू महानगरवासीका लागि २४ सै घण्टा सञ्चालित हुनुपर्छ,’ अर्का स्थानीय अभिमन्यु यादवले भने, ‘तर, यस घटनामा विराटनगर महानगरपालिका कार्यालयदेखि नजिकै भएको घटनामा समेत एम्बुलेन्स आउन नसक्नु महानगरको चरम लापरबाही हो ।’
घटनाको सम्पूर्ण भौतिक र मानवीय क्षतिको जिम्मा पनि महानगरले नै लिनुपर्ने स्थानीयको माग छ । महानगरपालिका अगाडि प्रदर्शनमा पुगेका स्थानीय र नगर प्रहरीबिच केही समय घम्साघम्सी समेत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
-
केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण