आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खाद्यले खरिद गर्‍यो ४४ हजार क्विन्टल धान

बिहीबार, २१ मङ्सिर २०८०, १७ : ४०
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४४ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका ६ वटा शाखाबाट पछिल्लो पटक ४४ हजार क्विन्टल धान खरिद गरिएको हो । 

कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर, बाँकेको नेपालगन्ज, सिराहाको लहान र धनुषाको जनकपुरबाट सो धान खरिद गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । 

यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद गर्दै छ । कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ ।

 नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद भइरहेको उनले बताइन् । मोटा धान तीन हजार एक सय ९८ रुपैयाँ प्रतिक्विन्टल, मध्यम खाले धान तीन हजार तीन सय ६२ रुपैयाँ प्रतिक्विन्टल समर्थन मूल्य तोकिएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप