आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राेजगारी

‘यत्रो पढेर पनि हामीलाई कोरिया जान नदिने षड्यन्त्र भयो’

शुक्रबार, २२ मङ्सिर २०८०, ०६ : १४
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन मागेको छ । अनुमानित १५ हजार ८४८ जनाका लागि कोरियाले आवेदन माग गरेको हो ।

उक्त मागअनुसार पुस २ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको छ । त्यसरी आवेदन दिनका लागि विभिन्न मापदण्ड तोकिएका छन् । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रको लागि आवेदन दिएर फेल भएकाहरू सहभागी हुन पाउने छैनन् । उनीहरूले सिप बिल्डिङको लागि परीक्षा दिएको भन्दै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने व्यवस्था गरेको हो ।

यस्तो मापदण्ड तोकिएपछि सिप बिल्डिङको परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजार ४०९ जनाले यसका लागि आवेदन दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएपछि उनीहरू चिन्तित हुनुका साथै आक्रोशित बनेका छन् ।

उनीहरूले ईपीएस कोरिया शाखा कार्यालय, एचआरडी कोरियाको ध्यानाकर्षण गराएका छन् । २४ गतेभित्र उक्त बुँदा नहटाएको खण्डमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ । लामो समयसम्म कोरिया जाने भनेर पढेको तर, अहिले आएर आवेदन दिन नै रोक्ने कार्य भएकोप्रति उनीहरूको आपत्ति हो ।

‘हामीले ९० ल्याउँदा पनि फेल भयौँ । अब ३० अंक ल्याउने पनि पास हुने देखियो । ईपीएस कोरिया शाखाले निकालेको सूचनाको बुँदा नम्बर ‘च’ हटाउनुपर्ने आफूहरूको माग रहेको सुर्खेतका रत्न मगरातीले बताए ।

सुर्खेतका रत्न मगरातीले २८ हजार नेपालीको भविष्यमाथि खेलवाड गर्ने काम भइरहेको बताए । आफूहरूले सिप बिल्डिङको परीक्षामा ९० ल्याउँदा पनि फेल भएको बताए । तर, अब उत्पादनमूलक क्षेत्रमा ३० कटअप अङ्क ल्याउँदासमेत पास हुने अवस्था आएको बताए ।

‘हामीले ९० ल्याउँदा पनि फेल भयौँ । अब ३० अंक ल्याउने पनि पास हुने देखियो । र, उनीहरू कोरिया जान पाउने भए,’ मगरातीले भने । ईपीएस कोरिया शाखाले निकालेको सूचनाको बुँदा नम्बर ‘च’ हटाउनुपर्ने आफूहरूको माग रहेको उनले बताए ।

ईपीएस कोरिया शाखाले मङ्सिर १९ गते सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको बुँदा नम्बर ‘च’ मा सन् २०२३ भित्र ईपीएस–टोपिक परीक्षाका लागि आवेदन नदिएको भन्ने शर्त उल्लेख गरिएको छ । उक्त बुँदाका कारण आफूहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिनबाट वञ्चित हुन पुगेको उदयपुरका नेत्र तामाङले बताए ।

eps2

यसअघि सिप बिल्डिङको आवेदन आह्वान गर्दा केही पनि जानकारी नदिएको उनीहरूको भनाइ छ । सिप बिल्डिङको आवेदन दिएपछि अर्को सूचना जारी गरेर यही वर्ष हुने अर्को परीक्षामा भाग लिन नपाउने भनेको थियो । उक्त कार्यप्रति आफूहरूको आपत्ति रहेको ओखलढुंगाका विवेक बस्नेतले बताए ।

ईपीएस कोरिया शाखाले भने वर्षमा एउटाका लागि मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको प्रस्ट पारेको छ । कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले कोरियाले नै एक वर्षमा एउटा बाहेक अन्यमा आवेदन दिन नपाउने व्यवस्था गरेको बताए ।

बस्नेतले भने, ‘हामी सिप बिल्डिङ परीक्षामा अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन पाउनुपर्छ भन्ने हो ।’

कोरिया जान भनेर दुई वर्षदेखि कोरियन भाषा तयारी गरिरहेका अर्का एक युवकले भने, ‘मैले दुई वर्षदेखि कोरियन भाषा पढेँ । सिप बिल्डिङको परीक्षा दिएको थिएँ । त्यसमा नाम निस्किएन । अहिले खुलेको सूचनामा आवेदन दिन नपाउने भनेको छ । हामीले यत्रो वर्ष पढेको खेर जाने भयो । हाम्रो भविष्यमाथि नै खेलवाड गर्ने काम भयो ।’

यो वर्षको १० दिनमात्रै बाँकी राखेर आवेदन माग गरेको छ । १० दिनपछिको मिति राखेको भए आफूहरूले पनि पाउने र कुनै समस्या नहुने मगरातीको भनाइ छ ।

ईपीएस कोरिया शाखाले भने वर्षमा एउटाका लागि मात्रै आवेदन दिन पाउने व्यवस्था रहेको प्रस्ट पारेको छ । कोरिया शाखाका निर्देशक गुरूदत्त सुवेदीले कोरियाले नै एक वर्षमा एउटा बाहेक अन्यमा आवेदन दिन नपाउने व्यवस्था गरेको बताए ।

eps3

कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि तथा पशुपालन र यो वर्षदेखि सिप बिल्डिङ गरी तीन क्षेत्रका लागि कामदार माग गर्दै आएको छ । एक वर्षमा एउटा क्षेत्रबाहेक अर्को क्षेत्रमा आवेदन नपाउने व्यवस्था रहेको र कोरियाले सोही आधारमा सूचना जारी गरेको निर्देशक सुवेदीले बताए ।

कोरियाबाटै सबै सूचना प्रकाशित गर्ने काम भएको भन्दै निर्देशक सुवेदीले यसमा आफूहरूले केही गर्न नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप