सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एनसेल प्रकरणमा छानबिन गर्न बनाइएको समितिमाथि निगरानीमा राख्नुपर्छ : गगन थापा

शुक्रबार, २२ मङ्सिर २०८०, १३ : १०
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताएका छन् । शुक्रवार बसेको राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको छ। ‘सरकारले बनाएको समितिले चोख्याउने व कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्छ’  कांग्रेस महामन्त्री समेत रहेका थापाले भने ।

थापाले  पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए। उनले सिंहदरबारमा प्रमुख प्रशासकीय अधिकृत खोज्न दैनिक ५० बढी पालिका अध्यक्ष धाउने गरेकाले उनीहरूको माग तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप