लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुखबिच भेटवार्ता
शुक्रबार, २२ मङ्सिर २०८०, १४ : ४६
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो ।
भेटवार्तामा मंसिरभित्र मन्त्रिपरिषद् विस्तार र समितिका सभापति चयन गर्ने विषयमा छलफल भएको सभामुख मगरले बताए ।
लुम्बिनी प्रदेशमा सरकार गठन भएको ७ महिना हुँदा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । यस्तै संसदीय समितिका सभापति चयन हुन सकेको छैन ।
यस्तै भेटमा सरकार र सभाका काम कारबाहीलाई प्रभावकारी रूपमा लैजान समन्वय आवश्यकता पर्नेमा उनीहरुले जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा कडा लगानी सुरक्षा नियम लागू
-
पहिलो पटक भिड्दै इंग्ल्याण्ड र डीआर कङ्गो
-
कांग्रेसको निर्वाचन समितिले भन्यो– जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय प्रतिनिधिको उपस्थितिमा मात्रै गर्नू
-
भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि दश हजार भन्दा बढी घाइते
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयकमाथि दफाबार छलफल
-
रास्वपा कार्यालय वनस्थलीमा प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण