सातामा २०० ले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो
काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ थियो ।
यो साताको शुक्रबारसम्म आइपुग्दा २०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।
यो साता नेपाली स्थानीय बजारमा इतिहासकै कीर्तिमानी मूल्यमा सुनको कारोबार भएको थियो । निरन्तर बढ्दै सुनको मूल्य सोमबार तोलामा १ लाख २१ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । यो कीर्तिमानी मूल्य हो । यस्तै, ८० रुपैयाँ घटेसँगै यो साता चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम थियो । त्यसयता निरन्तर घट्दै चाँदीको अन्तिम मूल्य १४ सय ६० रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण