शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सातामा २०० ले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

शनिबार, २३ मङ्सिर २०८०, १३ : ००
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । यो साता नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ८० रुपैयाँले घटेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ थियो ।

यो साताको शुक्रबारसम्म आइपुग्दा २०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ ।

यो साता नेपाली स्थानीय बजारमा इतिहासकै कीर्तिमानी मूल्यमा सुनको कारोबार भएको थियो । निरन्तर बढ्दै सुनको मूल्य सोमबार तोलामा १ लाख २१ हजार ६०० रुपैयाँसम्म पुगेको थियो । यो कीर्तिमानी मूल्य हो । यस्तै, ८० रुपैयाँ घटेसँगै यो साता चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ ।

गत साताको शुक्रबार १५ सय ४० रुपैयाँ कायम थियो । त्यसयता निरन्तर घट्दै चाँदीको अन्तिम मूल्य १४ सय ६० रुपैयाँ कायम भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप