शान्ति समाजद्वारा रुपन्देहीमा भ्रष्टाचारविरुद्ध प्रदर्शन
बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज सो संस्थाले बुटवलमा प्रदर्शन गरेको हो ।
भ्रष्ट्राचारका कारण लोकतन्त्र खतरा परेको भन्दै प्रदर्शनकारीले मूल दोषीमाथि कारबाही हुनुपर्ने माग राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति समाजका केन्द्रीय निवर्तमान सभापति गोविन्द खनालले भ्रष्ट्राचार लोकतन्त्रको दुस्मन भएको बताए ।
उनले भ्रष्ट्राचार नियन्त्रण गर्नका लागि सबै लाग्नुपर्ने बताए । कार्यक्रममा संस्थाका केन्द्रीय सचिव मिना ढकाल , केन्द्रीय सदस्य डिपी खनाल , जिल्ला सभापति कृष्ण भट्टराई लगायतले सम्बोधन गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो । नेपालले सन् २०११ मा महासन्धि अनुमोदन गरेको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले आजकै दिनलाई भ्रष्टाचार विरुद्धको दिवसका रूपमा मान्यता दिएको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधि अभाव रोक्न ‘न्यूनतम मौज्दात’ को नयाँ व्यवस्था गरिँदै
-
मनसुनजन्य विपद् प्रतिकार्य : देशैभर सेना र सशस्त्रको उच्च सतर्कता, उद्धारमा हेलिकप्टर र बेलीब्रिज ‘स्ट्यान्डबाइ’
-
श्रम संस्कृति पार्टीको मूल्य र मान्यता नै श्रमदान हो : सांसद संग्रौला
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण