पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
काठमाडौँ । पशुपति क्षेत्र पहिलेको तुलनामा सफा हुँदै गएको छ । वाग्मती सफाइ महाअभियानको ५५२ औँ हप्ताको सफाइका क्रममा यस्तो देखिएको अभियानकर्मीले जनाएका छन् ।
महाअभियानको ५५२औँ हप्ताको कार्यक्रम आज पशुपति क्षेत्रको भष्मेश्वर घाट र पारिको राम मन्दिर क्षेत्रमा गर्दा सफाइको अवस्था पहिलेको तुलनामा राम्रो देखिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।
पशुपति क्षेत्रमा आज भएको सफाइबाट शून्य दशमलव ७५ प्रतिशत नकुहिने फोहर व्यवस्थापन गरिएको उनले जानकारी दिए । विगत ११ वर्षदेखि गरिँदै आएको वाग्मती सफाइको क्रममा पशुपति आर्यघाटबाट निष्कासन हुने फोहर व्यवस्थापन गर्न ठूलो समस्या भोग्नुपरेको महाअभियानको अनुभव थियो ।
कोषले घाटमा निस्कने फोहरलाई व्यवस्थापन गर्न फलामको रेलिङ्ग राखी सिधै वाग्मती नदीमा बगाउन निरुत्साहित गरिएको छ । नदीलाई दुषित हुनबाट जोगाउन कोषले गरेको कामको महाअभियानले प्रशंसा गरेको छ ।
सफाइमा पूर्वमुख्य सचिव एवं अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पूर्वअध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालगायत कर्मचारी, कोषका कर्मचारी, तिलगङ्गा महिला समूह, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, स्थानीय समाजसेवी एवं वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण