पोखरामा कपाल दान, कपाल गुमाएकालाई सहुलियत
आइतबार, २४ मङ्सिर २०८०, १० : ०८
पोखरा । मानव शरीरका विभिन्न अङ्गहरू दान गर्ने कुरा नौलो होइन । हरेक जसो अङ्ग दान गर्न थालिएका छन् । पोखरामा मानव शरीरको कपाल दान अभियान चलाइएको छ । वडा नम्बर १३ र मेलमिलाप युवा क्लबले संयुक्त रूपमा कपाल दान कार्यक्रम गरेको हो ।
शनिबार भएको कार्यक्रमबाट १६ जनाले कपाल दान गरेका क्लबका अध्यक्ष कीर्तन वाग्लेले जानकारी दिए । उक्त कपाल क्यान्सर रोगबाट मुक्त गराउने क्रममा कपाल गुमाएकाहरूलाई हस्तान्तरण गरिने छ ।
कपाल दान अभियान निरन्तर सञ्चालन गरिने वाग्लेले सुनाए । मिङ्मा फाउन्डेसन र हेयर क्राउनको सहयोगमा कपाल दान कार्यक्रम गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
-
मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
-
‘भागदौड’को टिजरमा वैदेशिक रोजगारी र सहकारी ठगीको कथा
-
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
-
पत्रकार महासङ्घ युकेमा थपिए सल्लाहकार, १५ औँ स्थापना दिवस भव्य रूपमा मनाइने
-
पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण