सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : २२
मङ्गलबार, २६ मङ्सिर २०८०

भोजपुर । आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको हो । 

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मङ्सिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप