राष्ट्र बैंकद्वारा क्यासवे मनी ट्रान्सफरको रेमिटेन्स कारोबारको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजपत्रप्राप्त क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबारको लाइसेन्स खारेज गर्ने भएको छ ।
मंगलबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको क्यासवे मनी ट्रान्सफर प्रा.लि., भेंडासिङ, काठमाडौँलाई नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७५ (प्रथम संशोधनसहित) को विनियम–३१, उपविनियम (१) बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जनाएको हो ।
कम्पनीको कारोबार बन्द हुने भएपछि केन्द्रीय बैंकले सरोकारवाला सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई जानकारीको लागि सोही विनियमको उपविनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको जनाएको छ ।
कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३५ (पैँतिस) दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रूपमा जानकारी दिनुहुन आग्रह गरेको छ ।
तथापि, तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा क्यासवे मनी ट्रान्सफर प्रा.लि. को बैंक जमानत फुकुवा गरिने ब्यहोरासमेत केन्द्रीय बैंकले जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण